सीमा विवाद चर्किएपछि थाइल्याण्डसँगको सीमा क्षेत्रबाट कम्बोडियन विस्थापित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
1.8k
Shares
काठमाडौँ। थाइल्याण्डसँगको सीमा विवाद बढ्दै गएपछि सीमा क्षेत्रबाट एक लाखभन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्रतर्फ भागेको कम्बोडियाले जनाएको छ।
कम्बोडियाका रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार पत्रकार सम्मेलनमा विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको बताउनुभएको हो। विस्थापित हुनेहरूमा महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरू समावेश छन्।
प्रवक्ता सोचेटाका अनुसार, थाइ सेनाले आइतबार दिउँसोदेखि बुधबार बिहानसम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ–१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको जनाइएको छ। यस द्वन्द्वमा कम्तीमा सात कम्बोडियन नागरिकको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।
यो विस्थापन र हताहतीको घटनाले दुई देशबीचको सीमा विवाद थप चर्किएको सङ्केत गर्दछ।