किशोरी हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
पीडित परिवारलाई ११ हजार रुपैयाँ सहयोग
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
657
Shares
सिरहा । जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ ।
शुक्रबार स्थलगत अध्ययनका क्रममा नगर प्रमुख भोला पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, वडाध्यक्षहरूले पीडितका परिवारजनसँग पनि भेटघाट गरिएका थिए ।
सोहीक्रममा इन्सेकद्वारा रू १० हजार र समग्र विकास तथा परामर्श सेवा केन्द्र प्रालिद्वारा हजार गरी ११ हजार रूपैया नगर प्रमुख र उपप्रमुखमार्फत पीडित परिवारलाई हस्तान्तरण समेत गरिएको थियो ।
दैनिक ज्याला मजदुरी गर्दै आएका पीडित परिवार आर्थिक अभाव र कठिनाईका कारण चार महिना अघिदेखि सो वडाको अद्र्ध निर्मित खुल्ला सामुदायिक भवनमा बस्दै आएका थिए ।
यसैक्रममा नगर प्रमुख पोखरेल र उपप्रमुख श्रेष्ठले घटना अत्यन्त निन्दनीय रहेको बताउँदै आफूहरू पीडित परिवारको साथमा रहेको र नगरपालिकाको तर्फबाट तत्कालिन एवं दीर्घकालीन सहयोग भईरहने अवगत गराए ।
दोषी कुनै हालतमा उम्कन नहुने भनि सुरक्षा निकायलाई आफूहरूले बारम्बार ध्यानाकर्षण गराइरहेको उनीहरूको भनाइ थियो ।
किशोरीको हत्यापछि उनका आमा र बहिनी लगायत परिवारका सदस्यहरू डर र त्रासको अबस्थामा रहेको बताउँछन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिहरूलाई छानवीनको क्रममा नियन्त्रणमा समेत लिईएको जनाएको छ ।
किशोरीको मंसीर २१ गते राति अवस्था अज्ञात रहेकोमा मंसिर २२ गते सोही पालिकाको वडा नं २ स्थित एकान्तस्थलमा धारिलो हतियारले प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो।