arrow

पुस १३ देखि २७औँ पोखरा सडक महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
sadak-mahotab-pokhara-27th.jpg

जनकपुर । सत्ताइसौँ ‘पोखरा सडक महोत्सव २०८२’ यहि पुस १३ देखि १७ गत्तेसम्म हुने भएको छ ।

जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ ।

महोत्सव फेवातालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेवानले जनाएको छ ।

यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभूषा र परम्परागत नृत्यको प्रदर्शनी रहेको छ ।

सडकमै खाऔँ भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरुको प्रत्यक्ष स्वाद लिन पाईने व्यवस्था महोत्सवमा रहेको छ ।

यसका साथै महोत्सवमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारको लाईभ कन्सर्ट, मौलिक लोकदोहोरी गीत प्रस्तुति पनि हुने आयोजक संस्था रेबानले जानकारी दिएको छ ।

यस्तै, फेवा तालमा बोट रेस, रस्सा कस्सी र पर्यटकहरुका लागि लक्षित विशेष खेलहरु पनि महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको छ ।

साथै पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञसँग टकशो, पोखराको सौन्दर्य झल्काउने वृतचित्र प्रदर्शन र फोटो प्रदर्शनी पनि आयोजना हुने रेबानले जनाएको छ ।

रेबानले जनकपुरवासीका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई यस महोत्सवमा आउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ