कम्युनिष्ट आन्दोलनलाई अग्रगामी बाटोमा लैजान सहयोग गर्नुहोस्: सुरेन्द्र पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
2.1k
Shares
काठमाडौँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकताबद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरूलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्थापन पक्षबाट महासचिव पदमा उम्मेदवारी दिनुभएका पाण्डेले यस्तो आग्रह गरेका हुन्।
नेता पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलनलाई थप अग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरूलाई सहयोग गर्न प्रतिनिधिहरूलाई आग्रह गरे।
उनले भने, “नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अझै अग्रगामी बाटोमा लैजानको लागि महाधिवेशन प्रतिनिधिज्यूहरूको हामीलाई सहयोग हुन्छ भन्ने कुरामा विश्वस्त छु।”