काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटबढ भएको छ । नेपाल आयल निगमका अनुसार इन्डयन आयल कर्पोरेशनले डिजेल र मट्टितेलको भाउ घटाएर पठाएको छ भने पेट्रोलको भाउ बढाएर बढाएको छ ।
सो अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ भने पेट्रोलको भाउ २ रुपैयाँ बढाइएको छ । अन्य यथावत् रहेको छ ।