ओली र पोखरेलले गरे मतदान, नयाँ नेतृत्वका लागि मतदान जारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
2.1k
Shares
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका दुवै उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन्।
यस पटकको निर्वाचनमा ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदान प्रक्रियालाई प्रविधिमैत्री र छिटो बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ।
महाधिवेशनमा देशभरबाट आएका कुल २ हजार २६३ मतदाताहरूले नयाँ नेतृत्व छान्न आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । मतदान सकिएलगत्तै विद्युतीय माध्यमबाट मतगणना हुने भएकाले आजै साँझसम्म परिणाम आउने अपेक्षा गरिएको छ।