arrow

दुई हात्ती खगेन्द्रप्रसाद र रूद्रकलीलाई पठाइयो कतार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
elephant-gift-qatar-82-9-2 (3).jpg

भैरहवा । नेपालका दुई हात्तीलाई कतार पठाइएको छ । चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई यहाँबाट दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार विमानमार्फत कतार पठाइएको हो ।

यसअघि सरकारले कतारलाई उपहार दिन भन्दै दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ बिदाई गरिएको थियो । यी दुवै हात्तीहरू रूद्रकली र खगेन्द्रप्रसाद सरकारले उपहार स्वरूप कतारलाई दिएको हो । 

हात्तीहरूलाई वैदिक विधिअनुसार पूजा गरेर फूलमाला लगाई फलफूल खुवाएर बिदाइ गरिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त लगायतले हात्तीलाई माला लगाइदिएका थिए।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो।

सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएकी सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तले जानकारी दिए।

हात्तीहरूलाई बुधबार भैरहवा विमानस्थलबाट पशु सेवा प्राविधिक र दुई जना माउतेहरूसहित चार्टर्ड विमानमार्फत कतार पठाइएको हो । औपचारिक रूपमा भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हात्ती हस्तान्तरण गरिएको हो ।

नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिएको हो । कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लगेको हो । रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार गएका छन् । उनीहरूले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा पन्तले जानकारी दिए ।

elephant-gift-qatar-82-9-2 (3).jpg
elephant-gift-qatar-82-9-2 (4).jpg
elephant-gift-qatar-82-9-2 (5).JPG
elephant-gift-qatar-82-9-2 (1).jpg
elephant-gift-qatar-82-9-2 (2).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ