एलजी नेपालले वानखेडे स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टी२० विश्वकप यात्राको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
719
Shares
काठमाडौँ। एलजी नेपालले विश्व स्तरीय अत्याधुनिक प्रविधि र प्रत्यक्ष अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको छ। सीमित अवधिका लागि लागू हुने यस अफर अन्तर्गत कुनै पनि एलजी प्रडक्ट खरिद गर्ने ग्राहकले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउने ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित यात्रा जित्ने अवसर पाउने सकिने कम्पनीले जनाएको छ।
एलजीको विश्वव्यापी ब्रान्ड दर्शन ‘लाइभ इज गू’ मा आधारित यो क्याम्पेनले क्रिकेट प्रेमीहरूको लागि साँच्चिकै महत्त्वपूर्ण यस क्षणलाई उत्सवका रूपमा प्रस्तुत गर्दछ। एलजीले प्रडक्ट भन्दा पर गएर स्मरणीय अनुभव सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ।
यस क्याम्पेन अन्तर्गत छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुर सहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन्, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ। साथै, एलजी ग्राहकहरूका लागि पक्का उपहारहरू समेत सुनिश्चित गरिएको छ। जसमा वासिङ मेसिन खरिदमा ३ केजी निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट, साथै थप सब्सक्रिप्सन सुविधाहरू समावेश छन्।
क्याम्पेनमा सहभागिता जनाउने प्रक्रिया एकदमै सरल र सहज रहेको छ। कुनै पनि एलजी प्रडक्ट खरिद गरी वारन्टी कार्ड नम्बर, प्रडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फोरम्याटमा ३१००३ मा एसएमएस पठाएर ग्राहकहरूले सहभागिता जनाउन सक्नेछन्। यो अफर सीमित अवधिका लागि मात्र मान्य रहने र नेपालभर लागू हुनेछ।
यस क्याम्पेनबारे आफ्नो धारणा व्यक्त गर्दै एलजीका ब्रान्ड तथा मार्केटिङ म्यानेजर, मुकेश कुमार बैठाले यस पहलले दैनिक जीवनलाई अर्थपूर्ण अनुभवमार्फत समृद्ध बनाउने एलजीको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए। उनले भने, “एलजीमा नवप्रवर्तन भनेको केवल अत्याधुनिक प्रविधि मात्र होइन, मानिसहरूले सधैँ सम्झिरहने क्षणहरू सिर्जना गर्नु पनि हो।
यो अभियान एलजी रोज्ने नेपाली उपभोक्तालाई विश्वव्यापी खेलको उत्साहसँग अझ नजिक ल्याउने हाम्रो प्रयास हो।” साथै, हामी नेपाली समर्थकहरूसँगै मैदानमै उपस्थित भएर खेल हेरी नेपाली क्रिकेट टोलीलाई समर्थन गरिरहेका छौँ, जसले उनीहरूको आत्मविश्वास अझ बढाउनेछ।
यो क्याम्पेन नेपालमा एलजीको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्ससँगको सहकार्यमा सञ्चालन भइरहेको छ। जसले देशभर सहज पहुँच र विश्वासिलो रिटेल अनुभव सुनिश्चित गर्दछ।
यस पहलमार्फत एलजी नेपालले पुनः एक पटक आफ्ना उपभोक्तासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै, उच्चस्तरीय स्मार्ट प्रडक्टहरूसँगै ‘लाइभ इज गू’ को अनुभूति दिलाउने स्मरणीय अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
एलजी नेपालबारे
पछिल्ला ४० वर्षदेखि एलजी नेपाल नेपाली घरघरमा विश्वासिलो ब्रान्डका रूपमा स्थापित छ। घरेलु उपकरण तथा इलेकट्रोनिक्स क्षेत्रमा नवीन, भरपर्दो र प्रयोगमैत्री प्रविधि उपलब्ध गराउँदै आएको एलजीले ‘लाइभ इज गू’ भन्ने विश्वासका साथ दैनिक जीवनलाई अझ स्मार्ट र सहज बनाउँदै आएको छ।