arrow

टिसीएलको नयाँ योजना: ग्राहकलाई मुम्बईको वानखेडे रङ्गशालामा नेपालको विश्वकप खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
cg-tcl-icc-world-cup-dec-2025.jpg

काठमाडौँ। विश्वव्यापी ओलम्पिक साझेदार तथा उत्कृष्ट विद्युतीय सामग्री उत्पादक टिसीएलले नेपाली क्रिकेट प्रेमी र ग्राहकहरूका लागि विशेष अभियानको घोषणा गरेको छ। ‘टिसीएल घर भित्र्याउनुहोस्, आइसिसी टी-२० विश्वकप क्रिकेट प्रत्यक्ष हेर्न उड्नुहोस्’ नामक यस विशेष प्रवर्द्धन योजना अन्तर्गत टिसीएलका तोकिएका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल प्रत्यक्ष हेर्न भारतको मुम्बई जाने दुर्लभ अवसर पाउनेछन्।

विश्वकपको रोमाञ्चसँगै तत्काल उपहार यस अभियानको मुख्य आकर्षण मुम्बईको प्रतिष्ठित वानखेडे रङ्गशालामा हुने नेपालको अन्तर्राष्ट्रिय टी-२० खेल हेर्ने अवसर हो। विजेताहरूले ५ दिने निःशुल्क मुम्बई भ्रमणको प्याकेज प्राप्त गर्नेछन्।

यसै गरी, ग्राहकहरूले खरिदमा देहाय बमोजिमका आकर्षक उपहारहरू पनि प्राप्त गर्नेछन्:

  • वासिङ मेसिन: हरेक खरिदमा ३ केजी एरियल सरफ (डिटर्जेन्ट) निःशुल्क।
  • एयर कन्डिसनर (एसी): खरिदमा निःशुल्क जडान सुविधा।
  • टेलिभिजन: ४३ इन्च वा सोभन्दा ठूलो टिसीएल टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभीको निःशुल्क सदस्यता।

टिसीएलले एक 'विश्वव्यापी ओलम्पिक साझेदार' को रूपमा 'महानताका लागि प्रेरित' भन्ने भावनालाई अगाडि बढाउँदै आएको छ। यस अभियान मार्फत कम्पनीले खेलकुदको उत्कृष्टता, एकताको भावना र ग्राहकहरूप्रतिको कृतज्ञतालाई एकै साथ मूर्त रूप दिन खोजेको कम्पनीले जनाएको छ।

सहभागिता जनाउने प्रक्रिया यस योजनामा सहभागी हुनका लागि ग्राहकले आफ्नो मोबाइलको सन्देश बाकसमा गई निम्न विवरण टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ:

टिसीएल [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] सामग्रीको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना।  यो अभियान सीमित अवधिका लागि मात्र सञ्चालन हुनेछ र यसमा सम्पूर्ण नियम तथा सर्तहरू लागू हुनेछन्।

कम्पनीको बारेमा टिसीएल विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अग्रणी विद्युतीय सामग्री ब्रान्ड हो, जसले उच्च गुणस्तरका स्मार्ट टेलिभिजन, एयर कन्डिसनर, वासिङ मेसिन, रेफ्रिजरेटर (फ्रिज) लगायतका घरेलु उपकरणहरू निर्माण गर्दछ।

नेपालमा चौधरी ग्रुप (सीजी) इलेकट्रोनिक्सले कन्ज्युमर ड्युरेबल्स (दीर्घकालीन उपभोग्य वस्तु) वितरण गर्दै आएको छ। सिजी इलेकट्रोनिक्सले अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरूलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। ग्राहक–मैत्री सेवा, बलियो वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण सिजी इलेकट्रोनिक्स उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ