arrow

चोरले टुक्रा-टुक्रा पारेको ब्रुस लीको मूर्ति कसरी साविककै ठाउँमा पुग्यो ? यस्तो छ रोचक कथा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
bruce-lee.jpg

काठमाडौँ। मार्शल आर्टका दिवंगत लिजेन्ड अभिनेता ब्रुस लीको सम्मानमा बनाइएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुनः साविककै स्थानमा स्थापना गरिएको छ। बुधबार बोस्नियाको मोस्टार शहरको एक पार्कमा जीर्णोद्धार गरिएको यो पूर्ण कदको काँस्य प्रतिमा सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विभाजित शहरलाई जोड्ने प्रतीक नन-चकु कुङ–फू स्टिक समातेर रक्षात्मक स्थितिमा उभिएको ब्रुस लीको यो मूर्ति सन् २००५ मा पहिलो पटक अनावरण गरिएको थियो। सन् १९९० को दशकको गृहयुद्धका कारण बोस्नियाली क्रोट्स र मुस्लिम समुदायबीच गहिरो विभाजन रहेको मोस्टार शहरमा सबै जातीय समूहले स्वीकार गर्न सक्ने साझा नायकका रूपमा ब्रुस लीलाई छानिएको थियो।

चोरी र पुनरागमनको कथा यो मूर्ति सन् २०२४ मार्चमा पार्कबाट एकाएक गायब भएको थियो। केही दिनपछि प्रहरीले उक्त मूर्तिलाई धातुको रूपमा बिक्री गर्न टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारेको थियो। मूर्ति चोरी गर्ने अपराधीलाई पक्राउ गरी यसै वर्षको सुरुमा १० महिनाको जेल सजाय समेत सुनाइएको थियो।

मूर्तिको चोरीपछि स्थानीय बासिन्दाहरूमा ठुलो आक्रोश देखिएको थियो। बुधबार मूर्तिको पुनः अनावरण गर्दै शहरको पर्यटन बोर्डकी प्रमुख एल्भिरा सेमालोभिकले यसको स्थापनालाई 'न्याय र शान्ति' को प्रतीकको रूपमा अर्थ्याएकी छन्। धेरै पटक तोडफोडको सिकार भए पनि यो मूर्ति मोस्टारका बासिन्दाहरूका लागि एकता र आकर्षणको मुख्य केन्द्र रहँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ