arrow

सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
rajendra-sing-bhandari-minister.jpg

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरूको समयमा नै समाधान गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आप्रवासनको व्यवस्थापन तथा पुनःएकीकरणका विषयमा अन्तरक्रिया कार्यक्रममा उनले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकाय तथा संघसंस्थाको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरको खोजी गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई जोड्नेगरी बजारको माग र अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार, साझेदार, निकाय तथा संघ संस्थाको नियमित प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्न सकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमा नै समाधान गर्न सकिन्छ ।’

उनले वैदेशिक रोजगारमा जाने भन्दैमा नागरिकहरू अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा पठाउन नहुने भन्दै विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरू पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व भएको बताए ।

उनले भने, ‘अहिले बढ्दै गएको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पूर्ण रुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । तर हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापि हुँदैन । विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरू पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व हो ।’

पुँजीका लागि र श्रम बेच्नका लागि विदेशिनु पर्ने अवस्था एकदमै दुखद् रहेको पनि उनको भनाइ छ ।

कार्यक्रममा आइएलओ नेपालका कन्ट्र डाइरेक्टर, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवालाले आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ