-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मलाई अरु कसैको विश्वास लाग्दैन
किनकि आफूलाई जोगाउन
आफैसँग धेरै युद्ध लड्नु पर्यो
सबैले साथ दिने वाचा गरे
तर चोट लाग्दा एक्लो म आफैँ परेँ
म सधैँ अरुका लागि बलियो बनेँ
आफ्नो पीडा भनेँ
मौनताभित्र थुनेर राखेँ
सबैले आफ्ना कथा सुनाए
म चाहिँ
आफ्नो आँसु लुकाएर
सबैको सहारा बनेँ
सबैले आफ्ना आवश्यकता लिएर आए
म चाहिँ
आफ्नो थकान लुकाएर
सबैको सहारा बनेँ
जब म थाकेर रोकिएँ
त्यहीँबाट म एक्लो भएको महसुस गरेँ
म हाँसिरहेँ
सबै ठीक छ जस्तो देखाउन
कयौँ रातहरु आँसु झार्दै बिते
मेरो आँसुको आवाज कसैले सुन्नै चाहेन
सबै आफ्नो जस्तो लाग्छन्
आफ्नो कोही छैनन्
त्यसैले कसैको नजिक पर्न मन लाग्दैन
त्यसैले म भन्छु
आफू बाहेक अरुको विश्वास लाग्दैन
किनकि यो मनले धेरै पटक ढलेर उठ्न सिकिसकेको छ ।