arrow

निषेधको राजनीति अन्त्य गर्न सर्वपक्षीय बैठकमा राप्रपाको आग्रह: त्रिपक्षीय समझदारीबाट निकास खोज्न प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
rajendra-gurungs.jpg

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको त्रिपक्षीय समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै राप्रपा नेता राजेन्द्र गुरुङले यस्तो नयाँ समझदारीबाट हुने निर्वाचनले मात्रै देशको वर्तमान सङ्कट समाधान गर्ने बताए।

नेता गुरुङले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउन नसक्ने उल्लेख गर्दै मुख्य शक्तिहरूबीचको सहकार्यका लागि आफ्नो पार्टीले विशेष मार्गचित्र प्रस्तुत गरेको बताए। बैठकमा उनले भने, "मुलुकलाई नवीन समझदारीमार्फत निकास दिनेतर्फ हामी अगाडि बढौँ। शङ्का–उपशङ्काहरू समाप्त पारेर निषेधको राजनीतिलाई त्यागौँ। राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच समझदारी गरेर मात्र चुनाव सुनिश्चित गरौँ भन्ने राप्रपाको आग्रह छ।"

उनले जेन–जी पुस्ताको मागलाई सम्बोधन गर्न र देशमा राजनीतिक स्थिरता कायम गर्न पनि यो त्रिपक्षीय समझदारी अपरिहार्य रहेको जिकिर गरेका छन्। राप्रपाले वर्तमान अवस्थामा कुनै पनि शक्तिलाई बाहिर राखेर गरिने निर्वाचनले मुलुकलाई सही दिशा नदिने दाबी समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ