नेता र नागरिक समाजका अगुवाको आलोचना गर्दै मन्त्री पुनले गरे युवा पुस्तालाई नेतृत्व सम्हाल्न आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
723
Shares
तस्बिर : फाइल
काठमाडौँ । शिक्षा मन्त्री महावीर पुनले पुराना दल र नागरिक समाजका अगुवाको आलोचना गर्दै युवा पुस्तालाई तेतृत्व सम्हाल्न आग्रह गरेका छन् ।
सोमबार भएको सर्वपक्षीय छलफलको सन्दर्भ जोडेर मन्त्री पुनले नेता र नागरिक समाजका अगुवाको आलोचना गर्दै अबको निर्वाचनमार्फत अगाडि आउन युवालाई आग्रह गरेका हुन् ।
सो क्रममा उनले जेन–जी युवाहरुलाई काठमाडौँमा जुलुस निकालेर पनि केही नहुने भन्दै सचेत गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मंगलबार बिहान स्टाटस लेखेर सुझाव दिएका हुन् ।
उनले सोमबार भएको सर्वपक्षीय बैठकमा नेता र नागरिक समाजका अगुवाले भाषणमात्र गरेर छ महिने सरकारको आलोचनामात्र गरेको टिप्पणी गरेका छन् ।
कुनै समस्याको निकास दिन नसक्ने पार्टीहरु, नेताहरु, नागरिक समाज र सरकारले देश डुबाउनेसमेत उल्लेख गरेका छन् ।