arrow

क्षेत्र नं. १ मा पुनः सिंहकै कमाण्ड

चुनावी मैदानमा दीपकबहादुर सिंह, राप्रपा मकवानपुरले टुङ्ग्यायो उम्मेदवार

भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि मेरो उम्मेदवारी: सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
deepak-sss.jpg

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व सांसद दीपक बहादुर सिंहलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्देशन र जिल्ला कार्यसमितिको सिफारिसका आधारमा सिंहको नाम तय गरिएको हो।

पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरेको राप्रपाले जनाएको छ। यस पटकको निर्वाचनमा विगतको तुलनामा अझ सबल, सक्षम र जनअपेक्षा बुझेका उम्मेदवारहरूलाई मैदानमा उतारिएको पार्टीको दाबी छ।

उम्मेदवारी पक्का भएपछि प्रतिक्रिया दिँदै पूर्व सांसद दीपक बहादुर सिंहले यस पटक मकवानपुरमा राप्रपाले बहुमत हासिल गर्ने दाबी गरे। "मकवानपुरका जनताले विगतमा दिएको माया र विश्वासको कदर गर्दै यस पटक जसरी भए पनि बहुमत ल्याएर विजय हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु," सिंहले भने, "जनताको हक, अधिकार र पहिचानका लागि मेरो सङ्घर्ष सदनदेखि सडकसम्म जारी रहनेछ।"

मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासन अन्त्यका लागि राप्रपा जस्तो वैकल्पिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै उनले क्षेत्र नम्बर १ का जनताले आफूलाई पुनः सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरे।

राप्रपा मकवानपुरले निर्वाचनलाई लक्षित गरी सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी तयारीलाई तीव्र बनाएको छ। पार्टी नेतृत्वका अनुसार जनताको भावनालाई समेट्ने गरी उम्मेदवारहरू अघि सारिएकाले यस पटकको निर्वाचनमा राप्रपाको उपस्थिति सशक्त हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ