arrow

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम आयात

३० अर्बभन्दा बढी राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
petrol-pump.jpeg

काठमाडौँ ।  मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

 गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व सङ्कलनमा ६.४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रुपैयाँले वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले जानकारी दिनुभएको छ।

गत आर्थिक वर्षको पाँच महिनामा ६९ अर्ब १५ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात भएकोमा यस वर्ष इन्धनको माग र आयात दुवै बढेको देखिन्छ। विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी ३५ अर्ब ३१ करोड रुपैयाँ मूल्यको डिजेल आयात भएको छ। 

त्यसै गरी १७ करोड ३६ लाख रुपैयाँको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ। अन्य इन्धनतर्फ ७ अर्ब २५ करोड रुपैयाँको हवाई इन्धन (एटीएफ) र १९ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको कार्यालयले जनाएको छ। आयातमा भएको यो वृद्धिसँगै वीरगञ्ज नाकाबाट सङ्कलन हुने समग्र राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा महत्वपूर्ण देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ