arrow

सरकारको सय दिन

ठूला मुद्दामा 'क्लिन अप' अपरेसन, भ्रष्टाचार नियन्त्रणमा सक्रियता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
jagdish-news.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूमा कुनै हस्तक्षेप नगरेकै कारण १०० दिनभित्र ४० भन्दा बढी ठूला मुद्दाहरू अदालत पुगेको दाबी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले सरकारको उपलब्धी सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

मन्त्री खरेलले विगतमा राज्यका निकायहरूलाई राजनीतिक दबाब र प्रभावमा पारेर भ्रष्टाचारका मुद्दाहरू रोक्ने गरिएको उल्लेख गर्दै अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूलाई पूर्ण स्वतन्त्रता दिइएको बताए। "सरकारले कुनै दबाब दिएको छैन, त्यसैले अख्तियारले निर्धक्क भएर ठूला मुद्दाहरू अगाडि बढाएको छ," उनले भने।

सम्बोधनका क्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका बारेमा अब कुनै दुविधा नरहेको समेत प्रष्ट पारे। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र प्रधानमन्त्रीबीच राष्ट्रपतिको उपस्थितिमा भएको उच्चस्तरीय वार्ता सकारात्मक रहेको जानकारी दिँदै उनले सबै दल चुनावमा सहभागी हुन तयार रहेको बताए।

मन्त्री खरेलका अनुसार निर्वाचनका लागि १० लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले आफ्नो काम तीव्र गतिमा अघि बढाएको र सुरक्षा निकायले 'एकीकृत सुरक्षा योजना' कार्यान्वयन गरिरहेकाले निर्वाचन तोकिएकै समयमा हुनेमा सरकार विश्वस्त रहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ