arrow

दुर्घटनाग्रस्त विमानको भेटियो 'ब्ल्याक बक्स'

अनुसन्धानका लागि तटस्थ देश पठाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
libya-army-.jpg

काठमाडौँ । लिबियाका सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद र उनका सहयोगीहरू सवार निजी जेट दुर्घटनाको अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने 'ककपिट भ्वाइस रेकर्डर' र 'ब्ल्याक बक्स' फेला परेको छ। टर्किएका अधिकारीहरूले बुधबार अङ्कारा नजिकैको हेमाना जिल्लामा विमानको भग्नावशेषबाट यी उपकरणहरू फेला पारेका हुन्।

टर्किएको राजधानी अङ्काराबाट त्रिपोलीका लागि उडेको केही मिनेटमै फाल्कन ५० विमानमा विद्युतीय खराबी आएको थियो। चालक दलले आपतकालीन अवतरणको अनुरोध गरे पनि विमान दुर्घटनामा परेको थियो। विमानमा सैन्य प्रमुख हद्दाद, उनका चार सहयोगी र चालक दलका तीन सदस्य गरी कुल आठ जना सवार थिए। उनीहरू टर्किएका सैन्य अधिकारीहरूसँगको वार्ता सकेर स्वदेश फर्किँदै थिए।

टर्किएका गृहमन्त्री अली येर्लिकायाले दुर्घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपकरणहरूको मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको जानकारी दिए। यस्तै, यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले दुर्घटनाको निष्पक्ष छानबिनका लागि भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरलाई विश्लेषणका लागि तटस्थ देशमा पठाइने बताएका छन्। उनले अनुसन्धानको निष्कर्ष पूर्ण पारदर्शिताका साथ विश्वसामु साझा गरिने प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ