arrow

मुस्ताङमा हवाई सेवा तीन महिनाका लागि बन्द

तारा र समिट एयरको उडान स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
mustang-gundai.jpg.jpeg

मुस्ताङ । हिउँदयाम सुरु भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन्। प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटकीय 'अफसिजन' का कारण नियमित उडान भर्दै आएका तारा र समिट एयरलाइन्सले सेवा रोकेका हुन्।

नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान स्थगित भए पनि चार्टर र आपत्कालीन हेलिकोप्टर सेवा भने सुचारु रहनेछ। तारा एयरलाइन्सले डिसेम्बर ४ देखि मार्च १ सम्मका लागि उडान बन्द गरेको छ भने समिट एयरलाइन्सले दुई महिनाका लागि आफ्नो सेवा स्थगित गरेको जानकारी दिएको छ।

हिउँदयाममा मुस्ताङमा चल्ने तीव्र हावाहुरीले हवाई उडानमा जोखिम निम्त्याउने भएकाले पनि यो निर्णय लिइएको हो। अर्कोतर्फ, बेनी–जोमसोम–कोरला सडक खण्डको स्तरोन्नतिसँगै सडक मार्ग सहज भएपछि हवाई यात्रुको सङ्ख्यामा समेत उल्लेख्य कमी आएको छ। जाडो बढेसँगै मुस्ताङको जनजीवन प्रभावित हुने र पर्यटकको चहलपहल कम हुने भएकाले वायुसेवा कम्पनीहरूले हरेक वर्ष यो समयमा उडान स्थगित गर्ने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ