arrow

मस्जिदमा विस्फोट हुँदा आठको मृत्यु, २१ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
siriya-blast-masjit.jpg

काठमाडौँ । सिरियाली स्वास्थ्य अधिकारीहरूकाअनुसार मध्यसिरियाली शहर होम्सको वादी अल-धहाब क्षेत्रमा रहेको एक मस्जिदमा प्रार्थनाको क्रममा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

सरकारी समाचार संस्था सानाकाअनुसार इमाम अली बिन अबी तालिब मस्जिदको एक कुनामा विष्फोटक उपकरणहरू जडान गरिएको थियो ।

जुन विष्फोटको समयमा भक्तजनहरूले भरिएको थियो ।

सोही दिन अघि सिरियाली स्वास्थ्य मन्त्रालयका एम्बुलेन्स तथा आपतकालीन सेवाका निर्देशक नजिब अल-नासानले उद्धार र चिकित्सा टोलीहरूले स्थितिको मूल्याङ्कन गरिरहेकाले हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताएका थिए ।

आक्रमणको परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ