ललितपुर । नेपाली युवामाझ जापानी एनिमे तथा दक्षिण कोरियाली पप संगीत र फिल्मप्रतिको क्रेज बढ्दै गएको छ। यही पप संस्कृतिको लोकप्रियतालाई निरन्तरता दिन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ललितपुर ओटाकु जात्रा आयोजना गरिएको छ।
शनिबार ललितपुरस्थित द प्लाजामा आयोजित एक कार्यक्रमका बीच ओटाकु जात्रा मनाइएको हो। जापानबाट भित्रिएको यो जात्रा हास्य तथा पप संस्कृतिसँग जोडिएको सांस्कृतिक उत्सवका रूपमा परिचित छ।
जात्राका क्रममा सहभागीहरूले एनिमे, मङ्गा तथा के–पप पात्रसँग मिल्दोजुल्दो भेषभूषा प्रदर्शन गरेका थिए। कार्यक्रममा सांगीतिक प्रस्तुति समेत आयोजना गरिएको थियो, जसले युवाको उल्लेखनीय सहभागिता आकर्षित गर्यो।