arrow

कांग्रेसले समानुपातिक सूची सोमबार बुझाउने, नयाँलाई प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
nc-party-office-11-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले सातै प्रदेशका कार्यसम्पादन समितिका नेताहरूसँगको छलफलपछि सूचीलाई अन्तिम रूप दिइँदै गरेको जानकारी दिए।

समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने भएकाले समावेशी क्लस्टर र पार्टीको आन्तरिक सन्तुलन मिलाउन कांग्रेसले गम्भीरताका साथ गृहकार्य गरिरहेको उनले बताए। यस पटक कांग्रेसले २०६४ देखि २०७९ सम्म समानुपातिक सुविधा लिइसकेका व्यक्तिहरूलाई सूचीमा नदोहोर्‍याउने कडा नीति समेत लिएको छ।

सोही क्रममा प्रवक्ता महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र हालै रास्वपामा जोडिएका काठमाडौँका मेयर बालेन साहप्रति कडा टिप्पणी गरे। उनले रवि र बालेन दुवै 'दाग नलागेका व्यक्ति' नभएको दाबी गरे। "उनीहरू चोखा र दाग नलागेका व्यक्ति होइनन्, उनीहरूका बारेमा पनि धेरै प्रश्नहरू छन्," महतले भने। पछिल्लो समय बालेन र रविबीच भएको ७ बुँदे सहमतिलाई लक्षित गर्दै उनले नयाँ शक्ति भनिएकाहरूको पनि पारदर्शितामाथि प्रश्न उठाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ