arrow

‘म्यान अफ द गोरखा’ मा सेनाको बर्चस्व, रोकायले जिते उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
rajan-rokka.jpg

गोरखा । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले हात पारेका छन्। गोरखा नगरपालिका–५ को ऐतिहासिक पस्लाङ चौतारादेखि गोरखा दरबारसम्मको ८ किलोमिटर दूरी रोकायले मात्र २९ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्।

प्रतियोगितामा नेपाली सेनाकै धावकहरूले दोस्रो र तेस्रो स्थान समेत सुरक्षित गरे। गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गरी द्वितीय स्थान प्राप्त गरे भने टङ्कबहादुर कार्कीले ३० मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तृतीय स्थान हासिल गरे। नेपाल प्रहरीका सन्तोषनाथ योगी र सशस्त्र प्रहरी बलकी आष्मा बिकले सान्त्वना स्थान प्राप्त गरेका छन्।

विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रथम हुने रोकायले रु ३० हजार, द्वितीय हुने रावलले रु २० हजार र तृतीय हुने कार्कीले रु १० हजार प्राप्त गरे भने सान्त्वना स्थान हासिल गर्नेलाई रु ५ हजार प्रदान गरियो। गोरखाको पर्यटन प्रवर्द्धन र ऐतिहासिक स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको यो दौड पस्लाङ चौताराबाट सुरु भई हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा पुगेर समापन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ