arrow

राजनीतिमा आमूल परिवर्तन आवश्यक, सही नेतृत्वले मात्र देश बनाउँछ : सञ्चारमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
jagdish-kharelss.jpg

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको वर्तमान राजनीतिक अस्थिरता चिर्न र सङ्घीयताको व्यावहारिक कार्यान्वयनका लागि सक्षम नेतृत्वको आवश्यकता औँल्याएका छन्। 

विज्ञापन बोर्ड र मन्त्रालयले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै उनले निर्वाचन सुनिश्चित भइसकेको र राजनीतिक दलहरूले आज समानुपातिकतर्फको सूची बुझाउनेमा आफू विश्वस्त रहेको बताए।

मन्त्री खरेलले व्यक्तिभन्दा पनि देश बन्नुपर्ने धारणा राख्दै स्थानीय सरकारलाई जनताप्रति बढी जवाफदेही र जिम्मेवार बन्न आग्रह गरे। "राजनीतिको जग स्थानीय सरकार नै हो, जबसम्म स्थानीय तहले परिणाममुखी काम गर्दैनन्, तबसम्म जनताले सङ्घीयताको सही अनुभूति गर्न पाउँदैनन्," उनले भने। 

विज्ञापन नीतिका सम्बन्धमा बोल्दै मन्त्री खरेलले यसको व्यवस्थापन र अनुगमनका लागि मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले विज्ञापन ऐनलाई सक्रिय बनाउन र पालिका हुलाक कार्यालयहरूलाई प्रभावकारी बनाउन स्थानीय तहको सहयोग आवश्यक रहेको बताइन्। त्यस्तै, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन प्रणालीलाई थप व्यवस्थित बनाउन बोर्ड लागिपरेको जानकारी दिए। गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले विज्ञापनका विधि र मापदण्डमा एकरूपता ल्याउनुपर्नेमा जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ