arrow

देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग डर छैन : मीन विश्वकर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
min-bishwakarma.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश जलाउने धम्की दिनेहरूलाई 'लुसिफर' (विनाशकारी पात्र) को संज्ञा दिँदै उनीहरूबाट लोकतन्त्रलाई कुनै खतरा नरहेको दाबी गरे।

"सज्जनको निषेध नै समाजको मुख्य खतरा" मदन–आश्रित प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता विश्वकर्माले समाजमा दुष्टको धृष्टताभन्दा पनि सज्जनहरूको मौनता र निषेध बढी खतरनाक हुने जिकिर गरे। "आज देश जलाउने लुसिफरहरू र ठगी गरेर पपुलिजम (सस्तो लोकप्रियता) को खेती गर्नेहरूसँग हामीलाई डर छैन," उनले भने, "विभिन्न नाटक मञ्चन गरेर सिंहदरबार, संसद भवन वा सर्वोच्च अदालत जलाउने धम्की दिनेहरू क्षणिक हुन्, यिनीहरू संसारभरि नै यस्तै ढर्रामा आउने गर्छन्।"

उपलब्धि नष्ट गर्ने कुत्सित अभियान नेता विश्वकर्माले पछिल्लो समय देखिएका यस्ता गतिविधिहरू नेपालमा पटक-पटकको क्रान्ति र संघर्षबाट प्राप्त उपलब्धिहरूलाई समूल नष्ट गर्न कतैबाट परिचालित अभियान भएको आरोप लगाए। उनले कतै आफ्नै दल काँग्रेस र एमालेका कार्यकर्ताहरू अन्जानमा यस्ता पात्रहरूको जालमा त फसिरहेका छैनन् भन्ने प्रश्न समेत उठाए।

भदौ २३ र २४ गतेका घटनाहरूलाई स्मरण गर्दै उनले ती गतिविधिहरू नेपाल र नेपालीको हितमा नभएको स्पष्ट पारे। लोकतन्त्रका धरोहरहरूमाथि प्रहार गर्ने कोसिस गर्नेहरू इतिहासमा टिक्न नसक्ने उनको दाबी थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ