arrow

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
rastriya-dhakatopi-diwas-20.jpg
तस्बिर : फाइल

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो,  यसले राष्ट्रिय पोशाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । 

विगतमा राष्ट्रिय पोशाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान शुरू गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ