arrow

ड्रोन आक्रमणमा २४ को मृत्यु, ५० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
russia-ukrine-attack.jpg

काठमाडौँ । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरूलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठूलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षेति जनाएका छन् ।

साल्डोले आक्रमणमा “धेरै मानिसहरू जिउँदै जलेको बताउदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याए पछि बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरेका छन् ।

डाक्टरहरू अहिले घाइतेहरूको ज्यान बचाउन प्रयास गरिरहेको बताउँदै उनले क्षेत्रीय अधिकारीहरूले पीडित र मृतकहरूका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ