arrow

ठोरीमा बढे आन्तरिक र भारतीय पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
thori-parsa.jpg

पर्सा । पर्साको ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेको छ।

अंग्रेजी नयाँ वर्षको २०२६ को शुरूआतसँगै ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेको हो।

पछिल्लो समय मधेस प्रदेशको पर्यटकीय गन्तव्यका रुपमा ठोरी चर्चामा छ।

ठोरीमा भ्रमण तथा वनभोजका लागि बिरगञ्ज, सिमरा, पथलैया, निजगढ, सर्लाही, हेटौंडा, चितवनलगायतका स्थानबाट आन्तरिक पर्यटकहरू आउने क्रम बढेको ठोरी इकोलक्स रिट्रिट होटल तथा रिसोर्टका संचालक छतेन्द्र आचार्य बताउँछन्।

यसैगरी भारत बिहारको नरकटियागञ्ज, पटना, बेतिया, मोतिहारी, बगाहा तथा उत्तर प्रदेशका विभिन्न स्थानबाटसमेत पर्यटकहरू ठूलो संख्यामा ठोरी आइरहेको आचार्यले जानकारी दिए।

ठोरीमा पछिल्लो समय सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू संचालनमा छन्।

ठोरीमा रेड हिल, ह्वाइट हिल, राइधारा, गणेशमान पार्क, सीतागुफा, तालखोला, सहिद पार्कलगायतका स्थान पर्यटकीय गन्तव्यका रुपमा चर्चित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ