arrow

छ हजार कैदी रिहा गर्ने सेनाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
myanmar_1618127849.jpg

काठमाडौँ। म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ ।

सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ,“सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिाले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार एक सय ३४ जना पुरुष र महिला कैदीलाई क्षमादान प्रदान गर्नुभएको छ ।”

यसैगरी ५२ जना विदेशी कैदी पनि रिहा गरी आफ्ना देशमा प्रत्यर्पण गरिने बताइएको छ ।

फेब्रुअरी सन् २०२१ मा भएको सैनिक विद्रोपपछि हजारौं प्रदर्शनकारी र मानवअधिकारकर्मीलाई पक्राउ गरिएको थियो ।

यसले म्यानमारको छोटो लोकतान्त्रिक अनुभवलाई समाप्त पार्दै देशलाई गृहयुद्धतर्फ धकेल्यो ।

राष्ट्रिय सुरक्षा परिषद्का अनुसार, वार्षिक कैदी रिहाइ कार्यक्रम ‘मानविय र दयालु कारण’ का आधारमा आयोजना गरिएको हो ।

शनिबार बिहान याङ्गुनस्थित इन्सेइन जेल बाहिर सयौं नागरिकहरूले आफ्ना परिवारका सदस्यहरूको रिहाइको प्रतीक्षामा कागजात बोकेर उपस्थित भएका थिए ।

यसैबीच, म्यानमारको सेनाले महिना लामो चरणबद्ध निर्वाचन शुरू गरेको छ ।

सेनाले यसलाई लोकतन्त्र फर्काउने प्रयासको रूपमा प्रचार गरे पनि मानवअधिकारकर्मी र पश्चिमी कूटनीतिज्ञहरूले यसलाई सैनिक शासनको पुनः ब्रान्डिङ भएको भन्दै आलोचना गरेका छन् ।

सैन्य समर्थक युनियन सॉलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले पहिलो चरणमा निर्णायक अग्रता लिएको छ ।

आधिकारिक नतिजा अनुसार हालसम्म तल्लो सदनका ९० प्रतिशत सीट यूएसडीपीले जितेको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ