arrow

पर्यटकीय गन्तव्यबारे ‘क्यूआर कोड’ बाटै जानकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
tourism-qr-pokhara.jpg

गण्डकी । पर्यटकीय राजधानी मानिएको पोखराका विभिन्न २४ वटा पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’मा पढ्न र सुन्न पाइने भएको छ ।
    
पोखरा आउने पर्यटकलाई यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनाको सहयोग र साराङ डिजिटलको प्राविधिक सहयोगमा यस्तो व्यवस्था गरिएको हो । 

यो व्यवस्थासँगै पोखराका रत्न मन्दिर, रुपा ताल, सराङकोट, काहुँडाँडा, हरिहर गुफा, भद्रकाली, शीतलादेवी, राम मन्दिर, रामघाट, कवि शिरोमणि लेखनाथ सङ्ग्रहालय, सीता गुफा, लक्ष्मीनारायण नारायणस्थान, श्री गणेश भद्रकाली मन्दिर, काहुँ धरहरा, अकलादेवी मन्दिर, शीतलादेवी मन्दिरलगायत गन्तव्यबारे ‘क्यूआर कोड’ ‘स्क्यान’ गरेर पढ्न र सुन्न पाइने भएको छ ।

यसले पोखराका प्रमुख पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्नका लागि यहाँ आउने पर्यटकलाई ठूलो सहयोग पुग्ने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
    
उनका अनुसार क्युआरमार्फत पर्यटकीय गन्तव्यका सम्बन्धमा अरेविक, चाइनिज, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, इटालियन, जापानी, कोरियन, रसियन र स्पेनिश गरी ११ भाषामा पढ्न पाइने छ । यसैगरी अङ्ग्रेजी, हिन्दी, चिनियाँ, फ्रान्सेली र नेपाली भाषामा पर्यटकीय गन्तव्यबारे जानकारी सुन्न पाइने व्यवस्था मिलाइएको छ ।
    
प्रत्येक गन्तव्यमा दुईवटा क्युआर कोडसहितको बोड राखिएको छ । बोर्डमा रहेको एउटा कोड स्क्यान गर्दा सम्बन्धित गन्तव्य र अर्को कोडमा पोखराका घुम्नै पर्ने अन्य गन्तव्यबारे जानकारी पाउन सकिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ