-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बैतडी । खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई बुधबार पाटन बजारबाट पक्राउ गरिएको हो ।
उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।
अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ । रासस