arrow

थाइल्यान्डसँगको युद्धविराम कार्यान्वयन गर्न कम्बोडिया प्रतिबद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
cambodia-leader.jpg

काठमाडौँ । सामडेक टेको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनले बुधबार दुवै राष्ट्रका लागि शान्ति पुनस्र्थापना गर्न थाइल्यान्डसँगको युद्धविराम कडाईका साथ र पूर्ण रूपमा कार्यान्वयन गर्न कम्बोडिया प्रतिबद्ध रहेको बताएका छन् ।

सिनेटका अध्यक्ष हुन सेनले कम्बोडिया र थाइल्यान्डबीच शान्ति पुनस्र्थापनाले यस क्षेत्रको शान्ति, सुरक्षा, स्थिरता र समृद्धिमासमेत योगदान पुर्याउने बताएका छन् ।

कम्बोडियाको तर्फबाट उनले सबै मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राज्य अमेरिका, जन गणतन्त्र चीन, र आसियान अध्यक्षको रूपमा मलेसियाको समन्वयमा आसियान सदस्य राष्ट्रहरूको सक्रिय सहयोग र सहभागिताको लागि कृतज्ञता व्यक्त गरेका छन् ।

कम्बोडिया र थाइल्यान्डले तीन हप्ताको सशस्त्र द्वन्द्व पछि सन् २०२५ डिसेम्बर–२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ