arrow

आफ्नै नागरिकसँग इरानी प्रशासन त्रसित, इन्टरनेट ठप्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
iran-flag-new.jpg
तस्बिर : फाइल

ब्रसेल्स । ब्रसेल्सले देशमा इन्टरनेटको पहुँच पुनः स्थापना गर्न माग गरेपछि इरानी अधिकारीहरूले विरोध प्रदर्शनमा सशक्त सहयोग दिएको भन्दै शुक्रबार युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञको निन्दा गरेका छन् ।
 
“इरानी जनता आफ्नो भविष्यका लागि लडिरहेका छन् । उनीहरूको जायज मागलाई बेवास्ता गरेर, सत्ताले आफ्नो वास्तविक रङ्ग देखाउँछ,” ईयूका विदेश नीति प्रमुख काजा कल्लासले एक्समा लेखेका छन् । 

उनले भने, “तेहरानबाट आएका तस्वीरहरूले सुरक्षा बलको असङ्गत र कठोर प्रतिक्रिया प्रकट गर्दछ।” उनले थपे, “शान्तिपूर्ण प्रदर्शनकारीमाथि हुने कुनै पनि हिंसा अस्वीकार्य छ ।”

“हिंसात्मक रूपमा विरोध प्रदर्शनलाई दबाउने क्रममा इन्टरनेट बन्द गर्नुले आफ्नै जनतासँग डराएको शासनको पर्दाफास गर्दछ,” कल्लासले लेखेका छन् ।  

यसअघि युरोपेली सङ्घका प्रवक्ताले अधिकारीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारलाई कायम राख्न र सबैका लागि इन्टरनेटको पहुँच पुनःस्थापना गर्न’ आग्रह गरेका थिए । 

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शुक्रबार इस्लामिक गणतन्त्रका अधिकारीहरू दुई हप्तादेखि जारी आन्दोलनका क्रममा भएको प्रदर्शनका कारण पछि नहट्ने बताएका छन् । 

इन्टरनेट अनुगमनकारी संस्था, नेटब्लक्सले अधिकारीहरूले सम्पर्कबाट सबै नेटवर्क टुटाएको जनाएको छ । व्यापक विरोध प्रदर्शनलाई दबाउने प्रयासमा देश शुक्रबारदेखि ‘अफलाइन’ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ