arrow

माइडियाको ‘बाइ, विन, फ्लाई’ योजना: दिवस लामिछानेले जिते मुम्बई पुगेर नेपालको खेल हेर्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
cg-midea-icct-t20-luckey-winner-jan-2026.jpg

काठमाडौँ  विश्वकै अग्रणी स्मार्ट होम अप्लायन्स ब्रान्ड माइडियाले आफ्नो विशेष उपभोक्ता योजना ‘बाइ, विन, फ्लाई’ अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ। कम्पनीले आइसीसी टिट्वान्टी विश्वकप क्रिकेटको माहौललाई थप उत्साहजनक बनाउन ल्याएको यस योजनाअन्तर्गत पहिलो विजेता सार्वजनिक गरेको हो।

यस योजनाका प्रथम विजेता काठमाडौँका दिवस लामिछाने बनेका छन्। कम्पनीका अनुसार लामिछानेले काठमाडौँस्थित सिजी डिजिटल  शोरुमबाट माइडिया ब्रान्डको इलेक्ट्रिक केटल खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

विजेतालाई मुम्बई यात्राको प्याकेज भाग्यशाली विजेता लामिछानेले अब भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा पुगेर नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका छन्। पुरस्कार स्वरूप उनले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेज अन्तर्गत हवाई टिकट, होटेल बसाइ, खेलको टिकट तथा यात्रामा लाग्ने सम्पूर्ण खर्च माइडिया नेपालले नै व्यहोर्ने कम्पनीले जानकारी दिएको छ।

अत्याधुनिक घरेलु प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग उपभोक्तालाई जोड्ने उद्देश्यले यो क्याम्पेन देशभर सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

अन्य आकर्षक अफरहरू यथावत् यस क्याम्पेन अन्तर्गत माइडियाले आफ्ना ग्राहकहरूका लागि अन्य विभिन्न आकर्षक सुविधाहरू पनि उपलब्ध गराएको छ। कम्पनीका अनुसार ग्राहकले नागरिकताको आधारमा सरल मासिक किस्ताबन्दी सुविधा, पुराना सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, वासिङ मेसिन खरिद गर्दा एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइएको छ।

अझै जित्ने अवसर बाँकी यो योजना सीमित अवधिका लागि सञ्चालन गरिएको भए पनि अझै धेरै विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले स्पष्ट पारेको छ। माइडियाले आफ्ना ग्राहकहरूलाई नजिकको आधिकारिक बिक्रेताबाट उत्पादन खरिद गरी समयमै योजनामा सहभागी हुन आग्रह गरेको छ।

सिजी इलेकट्रोनिक्स अन्तर्गत नेपालमा सञ्चालन हुँदै आएको माइडिया ब्रान्डले वासिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, चिम्नी, माइक्रोवेभ ओभन लगायतका होम अप्लायन्सहरू नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ।

योजनामा कसरी सहभागी हुने ?
योजनामा सहभागी हुनका लागि खरिदकर्ताले आफ्नो मोबाइलको म्यासेज बक्समा गई निम्न ढाँचामा एसएमएस पठाउनुपर्नेछ:

माइडिया <स्पेस> वारेन्टी कार्ड नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना टाइप गरी ३१००३ मा पठाउनुहोस्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ