शिवाकोटी भन्छन् - विचलित नहुनु होला, विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
3.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विगठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मन्सुरलाई अनधिकृत रुपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हलले खारेज गरेको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिका नाममा अनधिकृत रुपमा भएको यो निर्णयले नेपाली कांग्रेसलाई एकताबद्ध बनाइ राख्न भएका आफूहरूका सबै प्रयासलाईसमेत बाधित तुल्याएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
उनले अगाडि भनेका छन्, 'नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तर्फबाट यो विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमा आउनुभएका सबै महाधिवेशन प्रतिनिधिहरू, पार्टीका शुभेच्छुक मतदाता र सबै प्रजातन्त्रप्रेमीहरूमा एकताबद्ध हुन तथा अतिवादी सोचबाट प्रेरित कारबाहीको प्रोपगण्डाबाट रत्तिभर पनि विचलित नहुन आग्रह गर्दछौँ । र यो पनि स्पष्ट गर्न चाहन्छौं कि विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो । र आधिकारिक रहनेछ।'