arrow

सीजीको ‘तिहार रंगोली कन्टेस्ट’: स्वयम्भूकी सोयशाले जितिन् सीजी मेरिडिया साउन्ड बार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
cg-meridia-tihar-winnter-jan-2026.jpg

काठमाडौँ। सीजी ब्रान्डले तिहारको अवसरमा सञ्चालन गरेको ‘तिहार रंगोली फोटो सेयर एण्ड विन कन्टेस्ट’को विजेता घोषणा गर्दै पुरस्कार हस्तान्तरण गरेको छ।

प्रतियोगितामा काठमाडौँको स्वयम्भू निवासी सोयशा श्रेष्ठ विजेता बन्न सफल भएकी छिन्। उनलाई पुरस्कार स्वरूप उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट साङ्गीतिक अनुभव प्रदान गर्ने सीजी मेरिडिया साउन्ड बार प्रदान गरिएको छ। उक्त उपहार सीजी ब्रान्डका प्रतिनिधि भरत प्रसाद साहले एक कार्यक्रमबीच विजेतालाई हस्तान्तरण गरे।

विजेताको प्रतिक्रिया पुरस्कार ग्रहण गर्दै उत्साहित सोयशाले भनिन्, "म साँच्चै उत्साहित र खुसी छु कि म सीजीको ‘तिहार रंगोली फोटो सेयर एण्ड विन’ प्रतियोगितामा विजेता बनेँ। सीजी मेरिडिया साउन्ड बार जित्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यो अवसरका लागि म सीजी टिमप्रति आभारी छु ।"

संस्कृति जोड्ने प्रयास सीजीले तिहारको उल्लास र घर-आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल माध्यममार्फत आपसमा साटासाट गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको थियो। कम्पनीका अनुसार सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए।

कम्पनीको बारेमा विगत ४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेकट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेकट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ ग्राहकको विश्वास जित्न सफल भएको छ।

कम्पनीले हाल देशभर रहेका २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकको सुविधाका लागि कम्पनीको आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको व्यवस्था समेत मिलाइएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ