रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
1k
Shares
काठमाडौँ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने, ‘सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा काम गरिरहँदा यो सरकार निर्वाचन सफल गराउने भन्दापनि दु:ख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता सेटिङको कामहरू गरिराखेको छ ।’
उनले काठमाडौं महानगर प्रमुख वालेन्द्र साह बालेनप्रति आलोचना गर्दै भने, ‘वालेन्द्र साह भन्ने झुक्किएर भएको मेयरले झापाबाट केपी ओलीसँग चुनाव लड्छ रे निराश भएर फर्किन पर्ने छ ।’
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्ले कार्डहरूको प्रदर्शनसहित सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए ।