गगन थापा सभापति भएपछि धनुषामा खुसीयाली, यसो भन्छन् नगर सभापति साह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
1.1k
Shares
जनकपुर । गगन थापा सभापति चयन भएकोमा नेपाली कांग्रेस धनुषाले खुसीयाली मनाएको छ ।
शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरूले खुसीयाली मनाउँदै मिठाई पनि बाँडेका छन् ।
सो अवसरमा नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवं जनकपुरधामका मेयर मनोज कुमार साहले निर्वाचन आयोगले विधि सम्मत रहेर गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राखे । उनले नेपाली कांग्रेस विभाजनका लागि विशेष अधिवेशन नभएको बताए ।
गगन थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिँसाबले काम गरेको नगर सभापति साहको भनाइ छ ।
उनले धनुषा क्षेत्र नं. ३ बाट पहिला पनि एकल नाम बिमलेन्द्र निधिको सिफारिस गरिएकोमा उनले गगन थापासँग टिकट लिएर चुनाव लड्न आए सम्पूर्ण धनुषाका कांग्रेसले सहयोग गर्ने बताए ।
उनले पार्टीका शीर्ष नेताहरूलाई अभिभावकको रुपमा राखेर संरक्षक सरह सम्मान दिने बताए ।
नगर सभापति साहले पार्टीमा सबै जनाको पदोन्नति हुनुपर्ने धारणा राखे । उनले कुनै पनि पदमा एकलौटी बसिरह्नु उचित नरहेको बताए ।
नेपाली कांग्रेस संगठित भएर थप मजबुत हुनुपर्नेमा नगर सभापति साहले जोड दिए ।
नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले चुनाव चिन्ह र झण्डाको विषयमा झगडा र विरोध नर्गन आग्रह गरे ।
उनले नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरूमा तत्काल असन्तुष्टि भए पनि नियम सम्मत गरिएको निर्णयहरूलाई सबैले मान्नुपर्ने धारणा राखे ।
उनले एक वर्षभित्र फेरि अधिवेशन हुने जानकारी दिए । उनले देशमा अन्य पार्टीहरू प्रतिस्पर्धामा उत्रेको बेला नेपाली कांग्रेसले आफैभित्र मनमुटाव राख्न नहुने बताए ।
उनले सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुन आग्रह गरे ।