arrow

सिजी ब्रान्डको 'वर्ल्डकप योजना' अन्तर्गत दोस्रो चरणको विजेताहरू सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
cg-winner-nnnouncement-2nd-phase-jan-2026.jpg

काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स ब्रान्ड  सिजी ब्रान्डले आफ्नो सिजीको साथमा, वर्ल्डकप टिकट हातमा' #लेवलअफ!व्थितसिजी योजना अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा दोस्रो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस दोस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत कैलालीका आकाश कुँवर र रुपन्देहीका मन्दिप पोख्रेल विजेता बन्न सफल हुनुभएको छ।
कैलाली, धनगढी निवासी श्री आकाश कुँवरले धनगढी, कैलाली स्थित न्यु मनिषा इलेकट्रोनिक्स एण्ड सप्लायर्सबाट सिजी ब्रान्डको म्युजिक सिस्टम  खरिद गरी सहभागिता जनाएका थिए।

तिलोत्तमा, रुपन्देही निवासी श्री मन्दिप पोख्रेलले भलबारी, रुपन्देही स्थित भुवन इलेक्ट्रिकल्सबाट सिजी ब्रान्डको ४३ इन्चको टेलिभिजन  खरिद गरेका थिए।

कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।

सिजी <स्पेस> वारेन्टी कार्ड नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना टाइप गरि ३१००३ पठाउनु पर्ने छ

४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहक वर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ