arrow

निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
durga-prasain-16-07-082.jpg
तस्बिर : फाइल

गण्डकी । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । 

दिउँसो पक्राउ परेका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । 

“उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उनले भने । 

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । 

प्रसाईँले केही दिनअघि नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । 

सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ