arrow

टी२० विश्वकप हेर्न मुम्बई जाने अवसर: सेन्सईले छान्यो सुर्खेतका दिवस खत्रीलाई, अझै जित्ने मौका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
sensei-winner-jan-2026.jpg

काठमाडौँ । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड ‘सेन्सई’ले ‘टी२० विश्वकप’ योजना अन्तर्गतको विजेता सार्वजनिक गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रत्यक्ष हेर्न पाउने यो बम्पर उपहार योजनामा सुर्खेतका दिवस खत्री भाग्यशाली विजेता बनेका छन्।

कम्पनीका अनुसार विजेता खत्रीले सुर्खेतस्थित ‘कौशल इन्टरप्राइजेज’ बाट सेन्सी ब्रान्डको वासिङ मेसिन खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

विजेताले के-के पाउँछन्? भाग्यशाली विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा ऐतिहासिक वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्ने अवसरसहित दुईतर्फी हवाई टिकट, होटेल बसाइ तथा अन्य आवश्यक सम्पूर्ण खर्च सेन्सी नेपालले नै व्यहोर्ने जनाएको छ।

उपहार र छुटको वर्षा विश्वकपको माहौलसँगै सेन्सीले ग्राहकहरूका लागि अन्य आकर्षक अफरहरू पनि ल्याएको छ:

  • फ्रन्ट लोड वाशिङ मशीन: खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क।
  • अर्ध-स्वचालित वाशिङ मशीन: खरिदमा इलेक्ट्रिक केत्ली उपहार।
  • टेलिभिजन (४३ इन्च र सोभन्दा माथि): खरिदमा नेटटिभी को ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन।

यसका साथै, कम्पनीले नागरिकताको आधारमा सरल किस्ताबन्दी सुविधा र पुरानो सामान साटेर नयाँ लिन सकिने ‘एक्सचेन्ज अफर’ समेत उपलब्ध गराएको छ।

अझै छ जित्ने मौका: कसरी सहभागी हुने ? कम्पनीले यो योजना सीमित अवधिका लागि सञ्चालन गरेको भए पनि आगामी चरणका विजेता बन्ने अवसर अझै बाँकी रहेको जनाएको छ। इच्छुक ग्राहकले नजिकैको आधिकारिक बिक्रेताबाट सेन्सीका उत्पादन खरिद गरी तल दिइएको फरम्याटमा ३१००३ मा एसएमएस पठाउनुपर्नेछ:

सेन्सई <स्पेस> वारेन्टी कार्ड नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना र पठाउनुहोस् ३१००३ मा एसएमएस गर्न कम्पनीको अनुरोध छ। 

सेन्सी नेपालले यस अभियानमार्फत नेपाली उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ