arrow

सीजी डिजिटलको २८औँ शोरुम बुटवलमा, २५ प्रतिशतसम्मको छुट र आकर्षक उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
cg-shoroom-butwal-jan-2026.jpg

बुटवल। नेपालको अग्रणी मल्टी ब्रान्ड इलेकट्रोनिक्स रिटेल चेन सी.जी. डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आज रुपन्देहीको बुटवलस्थित आदर्श नगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औँ अत्याधुनिक शोरुमको भव्य समुद्घाटन गरेको छ। सोनाम लोसारको शुभ अवसर पारेर सञ्चालनमा ल्याइएको यस शोरुमको समुद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भयो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख श्री खेलराज पाण्डेय ज्यू र विशिष्ट अतिथि बुटवल उद्योग  वाणिज्य सङ्घका अध्यक्ष श्री हरि प्रसाद अर्याल ज्यू, उद्योग व्यापार सङ्घ- अद्क्ष्य लोकनाथ पन्थी ज्यू तथा कम्पनीका महाप्रबन्धक वसन्त पाल ज्यु ले संयुक्त रूपमा रिबन काटी शोरुमको उद्घाटन गरे।

विश्वविख्यात ब्रान्डहरूको सङ्गम
यस नयाँ शोरुममा ग्राहकहरूले विश्व स्तरीय र भरपर्दो ब्रान्डका इलेकट्रोनिक्स सामानहरू एकै छानामुनि पाउनेछन्। यहाँ एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, बेको, मिडिया, सेन्सी, केन्ट, एलिका, ब्ल्याक+डेकर, क्रम्प्टन, बर्ली जस्ता प्रसिद्ध ब्रान्डका घरायसी उपकरणहरू उपलब्ध छन्। साथै, ग्याजेट प्रेमीहरूका लागि आईफोन, नथिंग, सीएमएफ, मोटोरोला र एआई+, का पछिल्ला उत्पादनहरू समेत प्रदर्शनमा राखिएका छन्।

ग्राहक केन्द्रित विशेष सेवा तथा सुविधाहरू
सीजी डिजिटलले बुटवलवासी ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निम्न बमोजिमका प्रिमियम सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ:

  • नि:शुल्क डेलिभरी र जडान : खरिद गरिएका सामानहरू सुरक्षित रूपमा घरसम्म पुर्‍याउने र दक्ष प्राविधिकद्वारा नि:शुल्क जडान गरिदिने।
  • शून्य प्रतिशत ब्याजमा (सजिलो ०% ईएमआई): ग्राहकले कुनै पनि अतिरिक्त ब्याज बिना सरल किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने तथा नागरिकताको आधारमै किस्ताबन्दीमा सामान लैजान सकिने व्यवस्था समेत उपलब्ध गराएको छ।
  • एक्सचेन्ज सुविधा: पुराना इलेकट्रोनिक्स सामानसँग नयाँ सामान साट्न सकिने विशेष व्यवस्था।
  • लोयल्टी प्रोग्राम : पुराना र नियमित ग्राहकहरूका लागि विशेष रिवार्ड र सहुलियत।
  • नि:शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स : सामानको आयु र कार्यक्षमता बढाउन समय–समयमा गरिने नि:शुल्क प्राविधिक जाँच।

उद्घाटन विशेष अफर
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष धमाकादार अफरहरू सार्वजनिक गरिएको छ:

  • २५% सम्मको नगद छुट: अधिकतम खुद्रा मूल्यमा २५% प्रतिशतसम्मको भारी छुटको व्यवस्था।
  • निश्चित उपहार : प्रत्येक ठुला सामान खरिदमा ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको व्यावसायिक केन्द्रमा सीजी डिजिटलको उपस्थितिले उपभोक्तालाई गुणस्तरीय विकल्प प्रदान गर्ने र यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।

यो शोरुम आजैका मितिदेखि ग्राहकहरूका लागि खुल्ला रहनेछ। अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाको अनुभव लिन सम्पूर्ण बुटवलवासीलाई कम्पनीले हार्दिक निमन्त्रणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ