arrow

विनोद चौधरी फेरि पनि पश्चिम नवलपरासीबाटै चुनाव लड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
binod-chaudhary-2080-04-31.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी फेरि पनि पश्चिम नवलपरासीबाट उम्मेदवार भएका छन् । पाटीले उनलाई नवलपरासी १ बाट टिकट दिएको हो । 

यसअघि उनी पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाटै सांसद बनेका थिए । यस क्षेत्रमा टिकटको आकांक्षी रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गरेसँगै चौधरीलाई सहज भएको हो । 

यसअघिको निर्वाचनमा तिनै खनालले चौधरीलाई चुनावमा असहयोग गरेका थिए । अहिले रास्वपामा गएपछि कांग्रेसले आफ्ना पक्का मत पाउने छ । यता खनाल रास्वपाबाटै चौधरीविरुद्ध नै चुनावका खडा भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ