arrow

सैन्य हस्तक्षेपपछि भेनेजुएलामा कूटनीतिक सम्बन्ध सुदृढ बनाउँदै ट्रम्प प्रशासन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
oil-tanker-venezuala.jpg

काठमाडौँ । भेनेजुएलामा राजनीतिक परिवर्तन र सैन्य हस्तक्षेपपछि अमेरिकाले सम्बन्ध सुधार्ने प्रयासस्वरूप आफ्नो दूतावासमा नयाँ प्रमुख नियुक्त गरेको एक अमेरिकी कुटनीतिक स्रोतले बताएको छ। ट्रम्प प्रशासनले निकारागुआ र होन्डुरसका लागि पूर्व राजदूत भइसक्नुभएकी अनुभवी कुटनीतिज्ञ लौरा एफ डोगुलाई भेनेजुएलाका लागि नयाँ प्रभारी राजदूत (चार्ज डी अफेयर्स) नियुक्त गरेको हो।

यसै महिना अमेरिकी सैन्य कारबाहीमार्फत लामो समयदेखि सत्तामा रहेका निकोलस मदुरोलाई पदच्युत गरिएपछि भेनेजुएलाको सत्ता अहिले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन्।

रोड्रिगेज नेतृत्वको नयाँ सरकारसँग घनिष्ठ सम्बन्ध कायम गर्ने र कूटनीतिक चिसोपन अन्त्य गर्ने उद्देश्यले डोगुलाई काराकास पठाइएको हो। सन् २०१९ मा सम्बन्ध टुटेपछि वासिङ्टन र काराकासबीच उच्चस्तरीय कूटनीतिक संवाद ठप्प थियो, यद्यपि गत वर्षदेखि जोन म्याकनामाराले भेनेजुएलाका लागि अमेरिकी कार्यवाहक राजदूत भएर काम गर्दै आएका थिए।

नवनियुक्त प्रमुख डोगुको मुख्य चुनौती मदुरो पछिको भेनेजुएलामा लोकतान्त्रिक स्थिरता कायम गर्न सहयोग गर्नु र दशकौँदेखि बिग्रेको दुई देशबीचको सम्बन्धलाई पुनः ट्र्याकमा ल्याउनु रहनेछ। अमेरिकाले यो नियुक्तिलाई भेनेजुएलाको पुनर्निर्माण र क्षेत्रीय सुरक्षाका लागि एक महत्वपूर्ण कदमका रूपमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ