टी२० विश्वकप : टीसीएलको वानखेडे स्टेडियममा नेपालको खेल हेर्न पाउने तेस्रो चरणको विजेता सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
735
Shares
काठमाडौँ। विश्वस्तरीय इलेकट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत अर्को भाग्यशाली विजेता सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यस चरणको विजेता श्रीमती प्रीति ओलीज्यू हुनुहुन्छ। उहाँले गौरव सप्लायर्स, तुलसीपुर बाट टीसीएल वासिङ मेसिन खरिद गरी “नेपालको शान, मुम्बईको मैदान” अभियानमा सहभागिता जनाउनुभएको थियो।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नुहुनेछ। यात्रासम्बन्धी हवाई टिकट, होटेल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपाल ले नै व्यहोर्ने जानकारी दिएको छ।
टीसीएल नेपालका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार, एयर कन्डीशनर खरीदमा फ्री इन्स्टलेशन, तथा ४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा नेटटीवी को ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन सुविधा प्रदान गरिएको छ। साथै, नागरिताको आधारमा ईएमआई सुविधा र विनिमय अफर पनि लागू गरिएको छ।
सीमित अवधिका लागि नेपालभर सञ्चालन भइरहेको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी एसएमएस मार्फत सहभागिता जनाउन आग्रह गरेको छ।
सीजी इलेकट्रोनिक्स अन्तर्गत नेपालमा वितरण हुँदै आएको टीसीएल ब्रान्डले टेलिभिजन, रेफ्रिजरेटर, वाटर डिस्पेन्सर, वासिङ मेसिन तथा एअर कन्डिसनरजस्ता उत्पादनमार्फत गुणस्तर, नवीन प्रविधि र विश्वसनीय सेवाका कारण नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको कम्पनीले जनाएको छ। कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन्।