arrow

राष्ट्रिय झण्डाको जथाभाबी प्रयोग बढेकोमा आयोगलाई ध्यानाकर्षण गराइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
nepal-flag.jpg

काठमाडौँ । राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले आज दिउँसो ३:३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ। निर्वाचनका समयमा राष्ट्रिय झण्डाको जथाभाबी प्रयोग बढेको भन्दै त्यसको सम्मान, संरक्षण र गरिमालाई कायम राख्न आयोगलाई ध्यानाकर्षण गराउन लागिएको हो।

अभियानका संयोजक गोविन्द पौडेलका अनुसार यस कार्यक्रममा राष्ट्रिय झण्डाप्रति सम्मान भाव राख्ने आम नागरिकहरूको सहभागिता रहनेछ। पछिल्लो समय निर्वाचनका विभिन्न कार्यक्रम र प्रचारप्रसारमा उम्मेदवारहरूले राष्ट्रिय झण्डाको जथाभाबी र अमर्यादित प्रयोग गरेको भन्दै नागरिकस्तरमा व्यापक विरोध भइरहेको छ। यही विषयलाई मध्यनजर गर्दै गृह मन्त्रालयले समेत राष्ट्रिय झण्डाको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न र दुरुपयोग नगर्न कडा निर्देशन दिइसकेको छ।

निर्वाचन आचारसंहिताले दल वा उम्मेदवारलाई सीमित सङ्ख्यामा मात्र झण्डा प्रयोग गर्न अनुमति दिए पनि व्यावहारिक रूपमा यसको व्यापक उल्लंघन भइरहेको छ। अभियानले झण्डाको अपमान हुने किसिमका गतिविधि रोक्न र निर्वाचन आयोगलाई आचारसंहिताको पालनामा थप कडाइ गर्न दबाब दिने उद्देश्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ