-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्।
राष्ट्रिय सभा निर्वाचन यही माघ ११ गते भएको थियो । निर्वाचनबाट आगामी छ वर्षका लागि १९ जना सांसद निर्वाचित भएका थिए ।