arrow

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
accident-final.jpg

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका-१ गुणादीमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका-१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका-३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । 

निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ