भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, ग्याँस र पेट्रोलको मूल्य राखियो यथावत्
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
2.3k
Shares
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूंल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ भाउ पठाएपछि नेपाल आयल निगमले समायोजन गरेको हो ।
सोअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ, डिजेलमा ४.६६ रुपैयाँ, एलपी ग्याँसमा प्रतिसिलिन्डर ४५.४९ रुपैयाँ बढेर आएको छ ।
नेपाल आयल निगमले भने एलपी ग्याँसलाई यथावत् राखेको छ । त्यस्तै पेट्रोलको भाउ पनि यथावत् राखिएको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।