मुख्यमन्त्री बानियाँलाई अभद्र व्यवहार गर्ने रास्वपाका उम्मेदवार थापासँग सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
720
Shares
काठमाडौँ । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँलाई अभद्र व्यवहार गर्ने रास्वपाका उम्मेदवार हेमराज थापासँग स्पष्टीकरण सोधेको छ ।
थापा बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार थापाले दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
थापाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले बानियाँलाई लक्षित गरेर गाली गरेको भन्दै निवेदन परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री बानियाँले थापाले आफूमाथि आरोप लगाउँदै गाली गरेको भन्दै कानूनी उपचार खोज्ने बताएसँगै आयोगले स्पष्टीकरण सोधेको हो ।
थापाले समयमै सडक नबनाएको भन्दै मुख्यमन्त्री बानियाँलाई लक्षित गरी अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री बानियाँले उक्त सडक ठेक्काको अवधि २०८४ सम्म रहेको र हिउँ परेका बेला बाटो बनाउन गाह्रो हुने कुरा बताएका थिए ।
बानियाँले उक्त कम्पनी आफूले छाडिसकेको बताए पनि आफूलाई बदनाम गर्न थापा लागेको आरोप लगाए । गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै आयोगले थापालाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको हो ।